'आज एउटा ठुलो उथलपुथल भयो, आफू नमर्दासम्म यस्तै उथलपुथल भइराख्छ': प्रचण्ड

सोमबार, फागुन २१, २०८०
honor २२ sept

काठमाडौं । कांग्रेससँग गठबन्धन तोडेरनेकपा एमालेतिर नयाँ गठबन्धन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एउटा ठुलो उथलपुथल भयो अब आफू नमर्दासम्म उथलपुथल भइराख्ने दाबी गरेका छन्।

X7D

आज एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका हुन् ।

कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका प्रचण्डले माओवादी जमेको पोखरी जसरी बस्ने होइन, बग्ने नदी जस्तो भएको बताएका छन् । अन्त्यमा प्रधानमन्त्री प्रचण्डले भने, ‘म नर्मदासम्म देशमा यस्तै नयाँ-नयाँ उथलपुथल भइनै रहन्छ'।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्