राजनीतिमा जेजस्तो परिस्थिति आएपनि मिसन-८४ एमालेले छोड्दैन : अध्यक्ष ओली

सोमबार, फागुन २१, २०८०
honor mob  winter sales

काठमाडौँ । अबको राजनीतिमा जे-जस्तो फेरबदल भएपनि आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन।

Honor x7 pad

नयाँ गठबन्धन गरेर एमाले सरकारमा गए पनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरूको उद्देश्य भने नछोड्ने ओलीले बताएका हुन् । 

आज  काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरू निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, संवर्द्धन, सुशासन, विकास आदिको पक्षमा काम गर्नका लागि मिसन, २०८४ अभियान सञ्चालनमा ल्याउनु परेको जिकिर गरे । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिसन–२०८४ बनेको उनको भनाई थियो ।

अध्यक्ष ओलीले भने, ‘यहाँहरूलाई थाहा छ–आज देशको परिस्थिति आजको दिन चाहिँ अलि छिटो छिटो हिँड्न खोजेजस्तो लागिरहेको छ । त्यसो भएर म आज यहाँ आउन पनि ढिला भयो। म यहाँ आएन किन ढिला भयो भने देशको परिस्थिति छिटो छिटो हिँड्न खोज्यो के । त्यसले गर्दा त्यतापछि अलि अल्झायो, अलमल्यायो । देशका परिवर्तन आवश्यक छ, हुनुपर्छ । परिवर्तन हुन्छ । र जेसुकै परिवर्तन भए पनि हामी मिसन २०८४ छोड्दैनौँ । नेकपा एमालेलाई निर्णायक शक्तिको रूपमा परिणत गर्ने हाम्रो उद्देश्य जुन हो। यो मिसन २०८४ भनेको चुनावमा बहुमत ल्याउने मात्रै होइन । त्यो भन्दा माथिको कुरा छ यो । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिसन २०८४ बनेको हो । त्यो मापन केबाट हुन्छ भन्दा निर्वाचनबाट हुन्छ । मापन हुने मात्रै निर्वाचन हो । कति भोट, कति सिट भन्ने कुराले कहाँनिर छ भन्ने देखाउँछ । र, त्यसले राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको रक्षा, संवर्द्धन, सुशासन, विकास आदिको पक्षले त्यसले देशलाई लिएर जान सक्छ । जन पक्षीय शक्ति, जनशक्ति निर्णायक भयो । राष्ट्रिय शक्ति, प्रगति चाहने शक्ति निर्णायक भयो भने । यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरू निर्णायक हुँदै गए भने प्रतिगमन हुन्छ । देश त्यस्तै अवस्थामा रहन्छ । ’

अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा समेल गर्न सकिने तर माधव कुमार नेपाललाई प्रधानमन्त्री दिन नसकिने समेत अध्यक्ष ओलीले बताए  

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्