गृह मन्त्रालयमा एमाले र रास्वपाको दाबी

सोमबार, फागुन २१, २०८०
honor mob  winter sales

काठमाडौं । नयाँ गठबन्धनबाट गृह मन्त्रालय कुन दलले लिने भन्ने बारेमा विवाद देखिएको छ।गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमालेले गृह मन्त्रालय आफुले पाउनु पर्ने माग राखे पनि सोही माग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माग राखेको छ।

Honor x7 pad

आजको नयाँ गठबन्धनको बैठकमा एमाले र रास्वपाले गृह मन्त्रालयको दाबी गरेपछि प्रधानमन्त्रीले आफ्नो पार्टीले गृह मन्त्रालय नलिने हुँदा मिलाएर लैजान सुझाब दिएका हुन् । गृह मन्त्रालय कसले लिने भन्ने विषयमा प्रधानमन्त्रीले छलफलबाट मिलाउन आग्रह गरेका छन् ।

यदि रास्वपाले गृह मन्त्रालयले पाए सभापति रबि लामिछाने आफै मन्त्री बन्न तयार रहेको रास्वपा श्रोतले बतायो। तर सबैभन्दा ठुलो दल एमालेले गृह मन्त्रालय आफ्नो पार्टीले पौउनु पर्ने अडान कायमै राखेको छ।

आज बिस्तार हुने मन्त्रिमण्डलमा एमालेका पदम गिरी, माओवादीका हितमान तामाङ र रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने तयारी छ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्