नयाँ सरकारमा एमालेका गिरी, माओवादीका तामाङ र रास्वपाबाट अर्याल मन्त्री बन्दै

सोमबार, फागुन २१, २०८०
honor mob  winter sales

काठमाडौं । नयाँ गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रबाट हितमान तामाङ मन्त्री बन्ने भएका छन् । माओवादीले आज सरकारमा तामाङलाई सरकारमा पठाउने भएको हो।

Honor x7 pad

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपाध्यक्ष डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सभापति रबि लामिछाने आफै सरकारमा गएर गृहमन्त्री बन्ने सोच बनाए पनि एमाले र माओवादीले उनलाई गृहमन्त्री नदिने भएका हुन् । त्यसपछि लामिछानेले अर्याललाई मन्त्रीका लागि सरकारमा पठाउने निर्णय गरेका हुन।

आज बिहानै एमाले प्रमुख सचेतक पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ।उनीहरुले कुन मन्त्रालय लिने भन्ने बारेमा अझै केही टुंगो लागिसकेको छैन । सम्भवत: उनीहरुले आजै सपथ लिनेछन् ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्