भागबण्डाको लिखित सहमतिमा हस्ताक्षर गर्न नयाँ गठबन्धनको बैठक पुन: बस्दै

सोमबार, फागुन २१, २०८०
honor mob  winter sales

काठमाडौँ । नयाँ गठबन्धनले सरकारमा सामेल हुने मन्त्रीहरुको भागबन्डा टुङ्ग्याउन पुनः आज दिउँसो  बैठक बस्ने भएको छ । आज बिहान बसेको गठबन्धनको बैठकमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक सहमति भए पनि अझै भागबन्डा नटुङ्गिएको पुनः बैठक बस्न लागेको हो।

Honor x7 pad

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो साढे २ बैठक बसेर केहीबेरमै भागबण्डाको लिखित सहमतिको हस्ताक्षर  तयारी रहेको जानकारी दिएको छ। 

अब बन्ने नयाँ सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा) जाने निश्चित भइसके पनि एमालेबाट पदम गिरी बाहेक अन्य पार्टीबाट को सरकारमा जाने बरेमा टुंगो लागिसकेको छैन ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्