नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले लिए सपथ

सोमबार, फागुन २१, २०८०
honor mob  winter sales

काठमाडौं ।  राष्ट्रिय सभाका नवनिर्वाचित १९  सदस्यहरुको आज पद तथा गोपनियताको सपथ लिएका छन् । 

Honor x7 pad

गत माघ ११ गते नेपाली कांग्रेसबाट निर्वाचित १० , नेकपा माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २ , जनता समाजवादी पार्टी र नेकपा एमालेका १-१ जना राष्ट्रिय सभा सदस्यहरुले आज  नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ लिएका हुन् ।उनीहरुलाई राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले सपथ खुवाएकी हुन् । 

को-को हुन निर्वाचित सदस्य?

कोशी प्रदेश 

कृष्णप्रसाद सिटौला (नेपाली कांग्रेस)

रुक्मिणि कोइराला (नेकपा एमाले )

मधेस प्रदेश

आनन्दप्रसाद ढुङ्गाना ( नेपाली कांग्रेस)

पूजा चौधरी (जनता समाजवादी पार्टी)

बागमती प्रदेश

विष्णुकुमारी पुडासैनी (नेपाली कांग्रेस)

जितजंग बस्नेत (नेपाली कांग्रेस)

श्रीकृष्ण अधिकारी ( माओवादी केन्द्र )

घनश्याम रिजाल (नेकपा एकीकृत समाजवादी)

गण्डकी प्रदेश

पदमबहादुर परियार (नेपाली कांग्रेस)

किरणबाबु श्रेष्ठ (नेपाली कांग्रेस)

मनरुपा शर्मा (माओवादी केन्द्र)

लुम्बिनी प्रदेश

विष्णुकुमारी सापकोटा (नेपाली कांग्रेस)

झक्कु सुवेदी (माओवादी केन्द्र)

कर्णाली प्रदेश

कृष्णबहादुर रोकाया (नेपाली कांग्रेस)

सावित्री मल्ल (नेकपा एकीकृत समाजवादी) विष्णुबहादुर विश्वकर्मा (माओवादी केन्द्र)

सुदूरपश्चिम प्रदेश

बलदेव बोहरा (नेपाली कांग्रेस)

 नारायणदत्त भट्ट (नेपाली कांग्रेस )

 रेणु चन्द (माओवादी केन्द्र)

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्