माओवादीले कांग्रेससँग गठबन्धन तोडे एमाले सहकार्य गर्न तयार

सोमबार, फागुन २१, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली  कांग्रेससँग नेकपा माओवादी केन्द्रले गठबन्धन टुटाए नयाँ ढंगले सहकार्य अगाडि बढाउन नेकपा एमाले तयार रहेको बताएको छ।

Honor x7 pad

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गठबन्धन टोडे नयाँ ढंगबाट अधि बढ्ने आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकले  सो कुराको निष्कर्ष निकालेको हो

' प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुपर्यो । उहाँ टुटाउन तयार हुनुभयो भने हामी नयाँ ढंगले छलफल गर्न तयार छौं ।’ सचिवालय बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने।

उनले सत्ता गठबन्धनमा संकट बढेको भन्दै केही नयाँ घटना विकास हुने देखिएको पनि बताए । नयाँ राजनीतिक घटनाक्रम कसरी विकास हुन्छ भन्ने कुरा प्रधानमन्त्री प्रचण्डले लिने निर्णयमा भर पर्ने उनले बताए । 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्