सत्ता गठबन्धनमा समस्या आएपछि एकाएक परराष्ट्रमन्त्रीको फिनल्यान्ड भ्रमण रद्द

आइतबार, फागुन २०, २०८०
honor २२ sept

काठमाडौँ । सत्ता गठबन्धनमा समस्या उत्पन्न भएपछि एकाएक परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण रद्द भएको छ । परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भन्दै भ्रमण स्थगित भएको जनाएपनि सत्ता गठबन्धनम समस्या देखिएपछि मन्त्री साउदको भ्रमण रोकिएको बताइएको छ।

X7D

परराष्ट्र मन्त्रालयले विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित  कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुन नसकेको एक सूचनामार्फत जानकारी दिएको छ।

परराष्ट्रमन्त्री साउद सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी आज साँझ फिनल्यान्ड जाने तय भएको थियो तर मन्त्रालयले  विज्ञप्ति जारी गरेको भ्रमण रद्द भएको जनाएको छ। उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ ।

एकाएक सत्ता गठबन्धनमा समस्या उत्पन्न भएपछि अकस्मात् साउदको भ्रमण रद्द भएपछि ठुलै हलचल हुने देखिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्