प्रधानमन्त्री प्रचण्डसँग देउवा र ओलीबीच छुट्टाछुट्टै छलफल

आइतबार, फागुन २०, २०८०
honor mob  winter sales

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड ', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टाछुट्टै छलफल भएको छ।

Honor x7 pad

शिर्ष तीन दलका नेताले संक्रमणकालीन न्यायको विषयलाई टुंगो लगाउनका लागि आज बिहान छलफल भएको हो। प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग सिंहदरबारमा र ओलीसँग छुट्टै  छलफल गरेका हुन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने विषय टुंगो लाग्न अझै बाँकी  नै रहेको छ ।

संक्रमणकालीन न्यायको विषयलाई टुंगो लगाउनका  नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उपसमिति गठन गरेर छलफल समेत गर्दै आएका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्