विवाहको निमन्त्रणा पत्रमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य उल्लेख हुनैपर्ने

आइतबार, फागुन २०, २०८०
honor mob  winter sales

रुकुमपश्चिम । रुकुमपश्चिमको एक नगरपालिकाले विवाह गर्दा निमन्त्रणा पत्रमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने प्राबधान बनाएको छ।

Honor x7 pad

बालविवाह रोक्न जिल्लास्थित आठबीसकोट नगरपालिका-३ ले विवाहको निमन्त्रणा कार्डमा  बेहुला र बेहुलीको अनिवार्य जन्ममिति उल्लेख भएको हुनुपर्ने नियम लागू गरेको हो। 

बालविवाह न्यूनिकरण गर्नका लागि निमन्त्रणा पत्रमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याइएको वडाध्यक्ष केशरमान विकले बताए।

वडाध्यक्ष विकका अनुसार यस वर्ष वडामा १० जोडीले बालविवाह गरेको तथ्याङ्क रहेको हुँदा यो प्राबधान कार्यान्वयनमा ल्याउदै बालविवाह गर्न लागेका एक जोडीको विवाहसमेत रोकिएको उनले बताए। त्यस्तै त्यस वडामा मदिराजन्य पदार्थमा समेत कडाइ गरिएको विकले जानकारी दिएका छन् ।

स्थानीय तहले बनाएको नियम उल्लङ्घन गरेमा उनीहरु लगायत परिवारलाई कानुनबमोजिम कारबाही गरिने वडाध्यक्ष विकले बताए  । साथै यो नियम जिल्लाभर लागू गर्नका लागि नगरपालिका र अन्य स्थानीय तहमा समेत छलफल गरिने उनले भने।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्