अध्यक्ष तिमिल्सिनासहित २० राष्ट्रिय सभा सदस्यहरुको पदावधि आज सकिँदै

आइतबार, फागुन २०, २०८०
honor mob  winter sales

काठमाडौँ । आजदेखि राष्ट्रिय सभाका २० सदस्यहरुको पदावधि सकिँदै छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकालका २० सदस्यहरुको पदावधि आज सकिन लागेको हो।

Honor x7 pad

राष्ट्रिय सभामा नेकपा एमालेतर्फबाट निर्वाचित  अध्यक्ष तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, कुमार दसौँदी, इन्दु कडरिया,  दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई र राष्ट्रपतिबाट मनोनीत भएकी विमला राई पौड्यालको आजैदेखि पदावधि सकिन लागेको हो।

त्यसैगरी पदावधि सकिनेमा नेपाली कांग्रेसबाट निर्वाचित संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जनता समाजवादी पार्टी (जसपा) का  प्रमिलाकुमारी यादवको पनि आजै पदावधि सकिन लागेको हो।

राष्ट्रिय सभाका निर्वाचित स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि आजै पदावधि सकिँदै छ ।

आजदेखि रिक्त हुने २० मध्ये १९ सदस्यहरुको निर्वाचन समेत सम्पन्न भएर फागुन २१ अर्थात भोलि सपथ कार्यक्रम राखिएको छ।  गत माघ ११ गते नेपाली कांग्रेसबाट निर्वाचित १० , नेकपा माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २ , जनता समाजवादी पार्टी र नेकपा एमालेका १-१ जना राष्ट्रिय सभा सदस्यहरुको लागि शपथ कार्यक्रम तय गरिएको हो। एक जना भने राष्ट्रपतिमा मनोनीत हुनेछन् ।

संघीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यहरुको नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।

राष्ट्रिय सभा सदस्यहरुले शपथ समारोहमा नेपालमा बोलिने आफ्नो भाषामा पनि शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो  मातृभाषामा अनुवाद गरी संसद सचिवालयमा निवेदनका साथ दिन सकिने संघीय संसद् सचिवालयले जनाएको छ।

को-को हुन निर्वाचित सदस्य ?

कोशी प्रदेश 

कृष्णप्रसाद सिटौला (नेपाली कांग्रेस)

रुक्मिणि कोइराला (नेकपा एमाले ) 

मधेस प्रदेश

आनन्दप्रसाद ढुङ्गाना (नेपाली कांग्रेस)

पूजा चौधरी (जनता समाजवादी पार्टी)

बागमती प्रदेश

विष्णुकुमारी पुडासैनी (नेपाली कांग्रेस)

जितजंग बस्नेत (नेपाली कांग्रेस)

श्रीकृष्ण अधिकारी ( माओवादी केन्द्र )

घनश्याम रिजाल (नेकपा एकीकृत समाजवादी) 

गण्डकी प्रदेश

पदमबहादुर परियार (नेपाली कांग्रेस)

किरणबाबु श्रेष्ठ (नेपाली कांग्रेस) 

मनरुपा शर्मा (माओवादी केन्द्र)  

लुम्बिनी प्रदेश

विष्णुकुमारी सापकोटा (नेपाली कांग्रेस)

झक्कु सुवेदी (माओवादी केन्द्र)  

कर्णाली प्रदेश

कृष्णबहादुर रोकाया (नेपाली कांग्रेस)

सावित्री मल्ल (नेकपा एकीकृत समाजवादी)  विष्णुबहादुर विश्वकर्मा (माओवादी केन्द्र)

सुदूरपश्चिम प्रदेश

बलदेव बोहरा (नेपाली कांग्रेस) 

 नारायणदत्त भट्ट (नेपाली कांग्रेस )

 रेणु चन्द (माओवादी केन्द्र) 

 

 

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्