नेपालगन्जको जमुनाह गाउँमा तीब्र रुपले सडक बत्ती जडान सुरु

शुक्रबार, फागुन १८, २०८०
honor mob  winter sales

बाँके  ।  नेपालगन्ज उपमहानगरपालिकाले  जमुनाहा गाउँमा तिब्र रुपले सडक बत्ती जडान कार्य सुरु गरेको छ ।  नेपालगन्जको वडा नम्बर १५ स्थित जमुनाह गाउँमा बत्तीसँगै पीच रोडसमेतको निर्माण कार्यको पनि सुरु गरिएको हो।

Honor x7 pad

सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म ४० वटा पोलमा सडक बत्ती जडान, २२० मिटर लामो सडक पीच, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको सुरुवात गरिएको हो । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज उक्त योजनाको शुभारम्भ गरेका छन् ।

आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी ए।एन।डी। कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ। ४७ लाख ८८ हजार लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रदिप कुमार हरिजनले जानकारी दिए ।

उक्त योजनाको शुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्टले सामुदायिक सहभागितामा तोकिएकै समय सीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए ।

कार्यक्रममा उप्रमुख राई, वडा नम्बर १५ का वडा अध्यक्ष मदन विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिका नापी शाखा प्रमुख मनराज थापा, ए.एन.डी. कन्स्ट्रक्सनका प्रोप्राइटर निराजन ढुंगाना लगायतको उपस्थिति थियो । जमुनाह गाउँ नेपाल-भारतको सीमावर्ती इलाका हो।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्