स्थानीयस्तरका क्रियाशिल सदस्यले आफ्नो भुमिका बुझेका छैनन् : सह-महामन्त्री राठौर

आइतबार, असार ३१, २०८०
honor mob  winter sales

नेपालगन्ज  । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले पार्टीको क्रियाशिल सदस्यको भुमिका प्रभावकारी बनाउन जोड दिएका छन्  ।

Honor x7 pad

नेपाली कांग्रेस डुडुवा गाउँपालिकाको प्रथम पालिकास्तरिय सम्मेलनलाई आज  सम्बोधन गर्दै सह-महामन्त्री राठौरले स्थानीयस्तरमा रहेका क्रियाशिल सदस्यले आफ्नो भुमिका नबुझेर पार्टीको संगठन सुदृढिकरण हुन नसकेको बताए।

सह-महामन्त्री राठौरले व्यक्ती भन्दा पनि पार्टीको नीति र विचारमा अघि बढन सुझाव दिदै कसैको दबाब र लोभ लालचमा कुनै पनि कार्यक्रता विक्नु हुदैन भने , उनले भने, “नेपाली काँग्रेस लामो इतिहास बोकेको पार्टी हो, यसमा धेरै कार्यक्रता नेताहरु छन, तर सबैले टिकट पाउन्दैनन । टिकट नपाउनेले गर्ने अन्तरघातले संगठन सिधिने छ ।” 

जनताका समस्या बुझ्ने, दुःख सुखमा साथ दिने नेता कार्यकर्ता भएमा मात्र जनताका प्यारो बन्न सकिने भएकाले संगठन बनाउनेतर्फ लाग्न सबै कार्यक्रतालाई आग्रह गरे । 

प्रतिनिधीसभा सदस्य समेत रहनुभएका नेता राठौरले कसैलाई ब्यक्ती मन नपर्न पनि सक्छ, तर पार्टी त चाहिन्छ, त्यसैले पार्टीको हितविपरित कसैलाई जान मिल्दैन, व्यक्ती गलत छ भने छलफल गर्न मिल्ने उहाँले सुझाव दिए। 

नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले अहिले देशकै पहिलो पार्टीको रुपमा रहेको कांग्रेसका नीती नियम र विधानलाई मानेर सबै कार्यक्रतालाई अघि बढन जोड दिदै पार्टीले विकास निमार्णसंगै समाबेशी मुद्दालाई बिशेष जोड दिएको बताए। 

सम्मेलनमा पार्टीका लुम्विनी प्रदेश सचेतक सांसद जन्मजय तिम्लिसेना, बाँके सभापति नारायण प्रसाद गौडेल, महासमिती सदस्य तथा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, राजकुमार बर्मा, नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरप्रमुख पुर्ण प्रसाद आचार्य, क्षेत्र नंं २ प्रदेश (क)का सभापति तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपाली कांग्रेस बाँकेका पुर्व सभापति तथा पुर्व मन्त्री गजेन्द्र हमाल, क्षेत्र नंं २ का सभापति रमेश गुप्तालगायतले बोलेका थिए 

काँग्रेस डुडुवा गाउँपालिका सभापति विजयकुमार यादवको अध्यक्षतामा सम्पन्न सम्मेलनमा लिलावती यादवले स्वागत गरेका थिइन्  । नेपाली कांग्रेस प्रदेश सभा (क) का सचिव बेलबहादुर बोहराले संचालन गरेको सम्मेलनमा गाउँपालिकाका ६ वटै वडाका करिब सात सय क्रियाशिल सदस्य, कार्यक्रताहरुको सहभागिता रहेको थियो । 

 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २३:०९
प्रतिक्रिया दिनुहोस्