नवनिर्वाचित राष्ट्रिय सभाका १९ सदस्यहरुको फागुन २१ गते शपथ

बिहीबार, फागुन १७, २०८०
honor mob  winter sales

काठमाडौँ । फागुन २१ गते नवनिर्वाचित राष्ट्रिय सभाका १९ जना सदस्यहरुले शपथ लिने भएका छन् ।

Honor x7 pad

गत माघ ११ गते नेपाली कांग्रेसबाट निर्वाचित १० , नेकपा माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २ , जनता समाजवादी पार्टी र नेकपा एमालेका १-१ जना राष्ट्रिय सभा सदस्यहरुको लागि शपथ कार्यक्रम तय गरिएको हो।

संघीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यहरुको नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।

राष्ट्रिय सभा सदस्यहरुले शपथ समारोहमा नेपालमा बोलिने आफ्नो भाषामा पनि शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो  मातृभाषामा अनुवाद गरी संसद सचिवालयमा निवेदनका साथ दिन सकिने संघीय संसद् सचिवालयले जनाएको छ।

को-को हुन निर्वाचित सदस्य ?

कोशी प्रदेश 

कृष्णप्रसाद सिटौला (नेपाली कांग्रेस)      रुक्मिणि कोइराला (नेकपा एमाले ) 

मधेस प्रदेश

आनन्दप्रसाद ढुङ्गाना (नेपाली कांग्रेस)            पूजा चौधरी (जनता समाजवादी पार्टी)

बागमती प्रदेश

विष्णुकुमारी पुडासैनी (नेपाली कांग्रेस)    जितजंग बस्नेत (नेपाली कांग्रेस)            श्रीकृष्ण अधिकारी ( माओवादी केन्द्र )    घनश्याम रिजाल (नेकपा एकीकृत समाजवादी) 

गण्डकी प्रदेश

पदमबहादुर परियार (नेपाली कांग्रेस)    किरणबाबु श्रेष्ठ (नेपाली कांग्रेस)              मनरुपा शर्मा (माओवादी केन्द्र)  

लुम्बिनी प्रदेश

विष्णुकुमारी सापकोटा (नेपाली कांग्रेस)          झक्कु सुवेदी (माओवादी केन्द्र)  

कर्णाली प्रदेश

कृष्णबहादुर रोकाया (नेपाली कांग्रेस)      सावित्री मल्ल (नेकपा एकीकृत समाजवादी)  विष्णुबहादुर विश्वकर्मा (माओवादी केन्द्र)

सुदूरपश्चिम प्रदेश

बलदेव बोहरा (नेपाली कांग्रेस)          नारायणदत्त भट्ट (नेपाली कांग्रेस )                रेणु चन्द (माओवादी केन्द्र) 

 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्