नेपालीहरुलाई रुस-युक्रेन युद्धमा सहभागी गराइएको भन्दै राप्रपाले गरायो महत्त्वको प्रस्ताव दर्ता

बिहीबार, फागुन १७, २०८०
honor mob  winter sales

काठमाडौँ । नेपालीहरुलाई  रुस र युक्रेनको युद्धमा  सहभागी गराइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  प्रतिनिधि सभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

Honor x7 pad

आज राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरू विना लामा, अनिशा नेपाली र विना जैसवाल समर्थक रहेर रुस र युक्रेन बीचको युद्धमा नेपालीहरू सहभागी गराइएको भन्दै प्रतिनिधि सभामा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । 

उनीहरुले संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय समक्ष पुगेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा नेपालीहरूलाई आर्थिक प्रलोभनमा पारी रुस र युक्रेन युद्धमा सहभागी गराइएको उल्लेख गरिएको छ ।

मानव तस्करी गरी युद्ध स्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरूको ज्यान बचाउनका लागि जरुरी सार्वजनिक प्रस्ताव पेश गरिएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए। उनले युद्ध भूमिमा फसेकाहरूलाई तत्काल उद्धार गर्न अत्यावश्यक भएको पनि बताए ।

संसद सचिवालयका महासचिव पाण्डेयले यस प्रस्तावलाई छिटोभन्दा छिटो प्रक्रियामा लैजाने बताए। रुस-युक्रेन लडाइँमा हालसम्म एक दर्जन बढीको ज्यान गइसकेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्