Dashain Banner
Dashain Banner

भ्रामक समाचारप्रति राप्तीसोनारी गाउँपालिकाको गम्भीर ध्यानाकर्षण

बुधबार, फागुन १६, २०८०

राप्तीसोनारी (बाँके )। राप्तीसोनारी गाउँपालिकाले  खर्च विवरण सम्बन्धमा छापिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गाउँपालिकाबाट  आज जारी विज्ञप्तिमा फागुन १६ गते अनलाइन तथा सामाजिक सन्जालमा गाउँपालिकाको खर्च विवरणमा अनियमितता भएको भन्दै छापिएको समाचारप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण भएको जनाएको हो।

गाउँपालिकाका प्रवक्ता मीनराज खड्का (सन्तोष) द्वारा जारी विज्ञप्तिमा आर्थिक बर्ष २०७९/०८० र आर्थिक बर्ष २०८०/०८१  को  करोडौं रुपैयाँ अनियमितता  भनी प्रकाशित गरिएको समाचार  झुठो  र आधारहिन भएको भन्दै सम्बन्धित सबैमा जानकारी गराएका छन् ।

साथै उक्त समाचारमा कुनै सत्यता नभएको र भ्रामक सूचना फैलाइएको हुँदा प्रवक्ता खड्काले गाउँपालिकाबाट  हुने खर्च विवरण प्रत्येक त्रैमासिकमा स्व:प्रकाशन गर्दै आएको हुँदा raptisonarimun.gov.np मा समेत हेर्न सकिने जानकारी दिएका छन् ।

राप्तीसोनारी गाउँपालिका आर्थिक सुशानसन र विधि प्रक्रियामा प्रतिबद्धता रहेको जनाउँदै पालिकाको खर्च विवरण सम्बन्धमा अनियमितता भएको कुनै तथ्य प्रमाण पेस गरेको खण्डमा छानबिन गरि कानुनी कारबाही गर्ने समेत प्रतिबद्धता जनाइएको खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै असत्य तथा झुठा समाचार प्रकाशित गरेर समाजमा भ्रम नफैलाउन सम्बन्धित सबैमा गाउँपालिकाले अनुरोध गरेको छ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्