निषेधित क्षेत्र तोड्दै गर्दा राजेन्द्र महतो र प्रहरीबीच घम्साघम्सी

बुधबार, फागुन १६, २०८०
honor mob  winter sales

काठमाडौँ । प्रदर्शनमा उत्रिएका राजेन्द्र महतोले निषेधित क्षेत्र तोडेर माइतीघर मण्डला जाँदै गर्दा प्रहरीसँग घम्साघम्सी परेको छ।

Honor x7 pad

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका महतोसहितको टोलीले भद्रकाली हुँदै माइतीघर जान भनेर निषेधित क्षेत्र तोड्न लाग्दा प्रहरीले उनीहरुलाई रोकेको हो ।

सोमबार लोसपा त्यागेका महतो बुधबार अपरान्ह माइतीघर मण्डलामा ब्यानरसहित पुगेका हुन् । महतोसहित पुगेका व्यक्तिहरुले बोकेको ब्यानरमा ‘माइतीघर मण्डलाको निषेधित क्षेत्र तोडौँ’ उल्लेख गरिएको छ ।  

निषेधित क्षेत्रमा पुगेपछि उनको टोली र प्रहरीबीच केहीबेर घम्साघम्सी भएको थियो। 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्