मानव बेचबिखन नियन्त्रण गर्नमा जोड

मंगलबार, फागुन १५, २०८०
honor mob  winter sales

नेपालगञ्ज । मानव बेचविखनलाई नियन्त्रण गर्न नेपाल-भारतबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको छ । शक्ति समूहले नेपालगञ्जमा आयोजना गरेको मानव वेचविखन विरुद्ध अन्तरसीमा कार्यशाला गोष्ठीमा मानव बेचविखन रोक्न दुई देश बीचका सरोकारवाला निकाय र व्यक्तिहरुबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको हो ।

Honor x7 pad

नेपाल र भारतका सुरक्षा अधिकारीहरु समेत उपस्थित कार्यशालामा मानव बेचविखनको स्वरुप बदलिएको भन्दै त्यसतर्फ सजग रहनुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टले मानव बेचबिखन रोक्न नेपाल भारतबीच प्रभावकारी सहकार्य हुन आवश्यक रहेको बताए । उनले नेपालगञ्ज कर्णाली र लुम्बिनी प्रदेशको मुख्य आवतजावत केन्द्र भएकाले मानव बेचबिखनको जोखिम बढी हुने हुँदा सरोकारवाला निकायहरुले सजगताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पैसाका लागि धेरै नेपाली बेचिएको बताए । उनले नीतिगत ब्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहराले पहिला र अहिले मानव बेचबिखनको प्रक्रिया र माध्यम फरक भएको बताए । उनले हिजोआज पढेलेखेका र सबै कुरा बुझेकाहरु पनि रोजगार पाइने आशामा मानव बेचबिखनमा परेको बताए।

शक्ति समूहका अध्यक्ष नातीसरा राईले मानव बेचविखनका क्षेत्रमा काम गर्ने सबैको सहयोगमा अघि बढ्न सहज भएको बताइन् । शक्ति समूहका पूर्व अध्यक्ष चरिमाया तामांगले नेपाल र भारत दुवै देशमा नेपालीहरु असुरक्षित भएको विषयलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा गम्भीर हुन आग्रह गरिन् । सोमबार आयोजित कार्यक्रममा कार्यतास इण्डिया कलकत्ताका आशा रुस्लिन, भारतीय सीमा नाका प्रहरी अधिकारी, भारतमा रहेर मानव बेचबिखन विरुद्ध काम गर्ने संघसंस्थामा आवद्ध प्रतिनिधिहरु लगायतको सहभागिता रहेको शक्ति समूहकी निर्मला पौडेलले जानकारी दिइन् । 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्