नेकपा एमालेले माग्यो गृहमन्त्रीसहित ४ मन्त्रीको राजीनामा

आइतबार, फागुन १३, २०८०
honor mob  winter sales

काठमाडौँ । नेकपा एमालेले गृहमन्त्रीसहित ४जना  मन्त्रीको राजीनामा माग गरेको छ ।

Honor x7 pad

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किराँती र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

उनले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला, युवामाथि गोली प्रहार गर्न आदेश दिने गृहमन्त्री श्रेष्ठ, अख्तियारको छानबिनमा रहनुभएका स्वास्थ्य मन्त्री बस्नेत र रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गर्ने पर्यटन मन्त्री किराँतीले तत्काल राजीनामा दिन आवश्यक रहेको बताए ।

उनले नेकपा एमालेले फागुन ६ गतेदेखिका बैठकमा सरकारको जवाफ माग गरे पनि सरकारले बेवास्ता गरिरहेको बताए। प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्नु नपर्ने बताए ।

उनले भने, ‘हामी गत ६ गतेदेखि संसद बालकुमारी घटनाका दोषी भौतिक मन्त्री र बालकुमारी घटनामा गोली ठोक्न आदेश दिने गृहमन्त्रीको विरुद्धमा आवाज उठाइरहेका छौँ । अख्तियारको छानबिनमा रहेका स्वास्थ्य मन्त्री मन्त्री पदमा बस्न कि मल्दैन । उनको राजीनामा मागिरहेका छौँ । रामग्राम लिजमा दिने पर्यटन मन्त्रीको राजीनामा मागिरहेका छौँ । हामीले संसद्मा हप्तौँ दिनदेखि कुरा उठाउँला सरकार सुन्न तयार छैन । प्रधानमन्त्रीले जवाफ दिनुपर्ने ठाउँमा बाहिरी हिँडिरहनुभएको छ । प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्दैन । सरकारले बलमिच्याईं गरेर अघि बढ्दा माग सम्बोधन हुन सकेका छैनन् । दोषी मन्त्रीहरूलाई तत्काल बर्खास्त गरोस् । म माग गर्न चाहन्छु । हामी देशका जल्दा बल्दा मुद्दा उठाएर आएका छौँ । मिटरब्याजी पीडित आन्दोलनमा छन् । उनीहरूको आवाज सुनिएको छैन ।’

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्