लुम्बिनी प्रदेश सभा सदस्य यादव निलम्बित

शनिबार, फागुन १२, २०८०
honor mob  winter sales

काठमाडौं  । राप्रपाबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन् । 

Honor x7 pad

कपिलवस्तु क्षेत्र नं. ३ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित यादवविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनलाई प्रदेश सभा सदस्यबाट निलम्बन गरेको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ।

अख्तियारले दायर गरेको मुद्दामा उनीमाथि कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको ठहर गरेको छ।

यादवविरुद्द अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गरेको अवस्थामा मुद्धाको किनारा नलागेसम्मको लागि प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ को कानूनी व्यवस्था बमोजिम प्रदेश सभा सदस्य पदबाट स्वतः निलम्बन गरिएको प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। 

अख्तियारले यादव सहित उक्त काठ कटानको ठेक्का स्वीकृत गर्ने, ठेक्का लिने तथा कटान गर्ने समेत १९ जनाउपर भ्रष्टचार मुद्धा दायर गरेको छ। उनीहरुमाथि २९ लाख १२ हजार १९३ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।

 

 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्