महावीर पुनको कारखाना संचालन गर्ने अभियानमा बेल्जियमबासीहरुको सहयोग

शनिबार, फागुन १२, २०८०
honor mob  winter sales

युरोप  । वीरगन्ज स्थित नेपालको सबैभन्दा पुरानो कृषि औजार कारखाना संचालनका लागि नेपाल आविस्कार केन्द्रका संस्थापक अध्यक्ष डाक्टर महावीर पुनले संचालनका गरेको आर्थिक संकलन अभियानमा सहयोग पुर्याउन बेल्जियमबासीले पनि नगद संकलन अभियान संचालन गरेका छन् ।

Honor x7 pad

सो गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तथा व्यवसायी लोकेन्द्र नेपाल (पुष्प)ले “एक व्यक्ति पाँच युरो” भन्ने अभियानका साथ नगद संकलनका लागि बेल्जियमबासीलाई आफ्नो फेसबुक पेज मार्फत सहयोगका लागि याचना गरेका थिय । उनको याचना पश्चात सहयोगी मनले नगद तथा बैङ्क मार्फत सहयोग रकम प्रदान गरिरहेका छन् ।

नेपाल भन्छन “नेपाल कृषि प्रधान देश हो । अझै पनि आधा भन्दा बढी जनसंख्या कृषिमा आधारित छ । गत तीन दशक भन्दा बढि समय देखि बन्द रहेको बीरगंज कृर्षि औजार कारखान संचालनका लागि डाक्टर पुनले लिएको संकल्पमा सहयोग गर्नु हामी सबैको दायित्व बोध भएकोले सानै भए पनि आर्थिक सहयोग प्रखान गरौ भन्ने सोच अनुसार अर्थ संकलन अभियान चलाइएको हौ । यो कारखाना संचालनमा आएमा नेपालका युवाहरुले रोजगारी समेत पाउने पनि निश्चित छ । त्यसैले पनि सबैले सहयोग गर्नु नैतिक दायित्वको रुपमा लिएको छु”। 

उनी भन्छन “देशको एउटा बैज्ञानिकले कृषि औजार कारखाना चलाउन एक करोड आर्थिक अभावलाई पुरा गर्न पुस्तक लेखेर नेपालका गाँउगाँउ डुल्दै पुस्तक बेचिरहेको देखेर उनको यो अभियानमा थोरै मलहम पट्टी लगाउन खोजेको हुँ” ।

एक जनाले पाँच युरो सहयोग गर्दा कसैलाई पनि आर्थिक भार नपर्ने र कारखाना संचालनमा ल्याउन हामी सबैको दायित्व समेत भएकोले यो अभियानलाई तिब्रता दिएको र हालसम्म करिब एकहजार युरो संकलन भै सकेको र सहयोग अझै आईरहेको उनले बताए । 

नेपाल भन्छन “डाक्टर पुनका अनुसार कृषि औजार कारखाना पुनः संचालनका लागि एक करोड चाहिन्छ। बेल्जियममा करिब ६० वटा संघसंस्था छन् । सबैले पाँच पाँच सय युरो हाल्यो भने ३० हजार हुन्छ । यसरी युरोपका ६-७ वटा देशमा रहेका संघसंस्थाले अर्थ संकलन गर्यो भने यो कारखाना सजिलै चल्न सक्छ । यस तर्फ सोच्न पनि कि ?

स्मरणरहोस उक्त कारखाना संचालनका लागि सरकार र नेपाल आविस्कार केन्द्रसंग सम्झौता भएको, प्रारम्भिक चरणमा आविश्वकार कारखाना संचालनमा ल्याउन एक करोड भन्दा बढि खर्च गरिसकेको र अझै एक करोड लाग्ने भएको हुँदा आवश्यक उक्त रकम संकलनका लागि डाक्टर पुन आफैले लेखेको पुस्तक बाटोमा नाच्दै, उफ्रिदै नेपालका विभिन्न स्थानमा पुस्तक बेचिरहेको छन् । 

 

 

 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्