कांग्रेस एकढिक्का भए कसैले पराजित गर्न सक्दैन: शशांक कोइराला

शनिबार, फागुन १२, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकढिक्का भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन्।

Honor x7 pad

आज काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले त्यसका लागि नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीका रुपमा अघि बढाउन आवश्यक रहेको बताए।

‘आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन,’ उनले भने।

कोइरालाले  निर्वाचनमा काँग्रेस बाहेकको भविष्य नरहेको पनि बताए। महासमिति बैठक सकिएको अवसरमा कोइरालाले काठमाडौंमा आज चियापान समारोह राखेका थिए।

समारोहमा पार्टीका सभापति शेरबहादुर देउवा पनि सहभागी थिए। –न्युज एजेन्सी नेपालबाट

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्