आज प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै

शुक्रबार, फागुन ११, २०८०
honor mob  winter sales

काठमाडौँ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको  बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे शुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।

Honor x7 pad

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा। आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्नेछिन् । 

सभामुखले प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्नेछन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने, अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । 

त्यस्तै १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानून, २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नेछन् । 

अर्थमन्त्री डा.प्रकाशशरण महतले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सभा समक्ष पेस गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्