कांग्रेस एक्लै चुनाव लड्ने गगन थापाको प्रस्ताव सर्वसम्मतले पारित

बिहीबार, फागुन १०, २०८०
honor २२ sept

ललितपुर  । नेपाली कांग्रेसको महासमिति बैठकबाट महामन्त्री गगन थापाको निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। 

X7D

गगनले पेश गरेको सांगठनिक प्रस्तावसंगै अब कांग्रेसका नेता कर्याकर्ताले चुनाव चिन्ह रुखमै मतदान गर्न पाउनेछन् ।

त्यस्तै बैठकमा  उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् । 

महामन्त्री थापाले ४ वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरुले ताली बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी ४ वटै प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्