बालकुमारी घटना: मन्त्री ज्वालाको कारबाहीका बारेमा आजै टुंगो लाग्छ: प्रधानमन्त्री

मंगलबार, फागुन ८, २०८०
honor mob  winter sales

काठमाडौँ । दुई युवकको ज्यान गएको ललितपुरको बालकुमारी घटनामा मुख्य जिम्मेवार पाइएका सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने कुराको आजै टुंगो लाग्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बताएका छन् ।

Honor x7 pad

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार   प्रधानमन्त्री प्रचण्डले गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै मन्त्री ज्वालाको विषय अध्ययन भइरहेको हुँदा आजै यसबारेमा टुङ्गो लाग्ने बताए।

उक्त घटनापछि बनाइएको बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्री ज्वाला नै मुख्य जिम्मेवार ठहर गरेको थियो। उक्त प्रतिवेदन आएपछि नेकपा एमालेले मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्नुपर्ने माग राख्दै आएको छ। 

यस विषयमा पनि मन्त्री ज्वालाकै पार्टी नेकपा एसमा पनि छलफल चलिरहेको छ। यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले मन्त्री ज्वालाको बारेमा आजै टुंगो लाग्ने बताएका हुन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्