मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल हुँदै

सोमबार, फागुन ७, २०८०
honor mob  winter sales

काठमाडौं । बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले  सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।

Honor x7 pad

गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो ।

पार्टीको बैठकमा  मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। 

जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि उनीलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिएको आशय उनले व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्