ललितपुरको बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ: प्रधानमन्त्री

आइतबार, फागुन ६, २०८०
honor mob  winter sales

काठमाडौँ ।  ललितपुरको बालकुमारी घटनाका दोषीलाई कारबाही हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

Honor x7 pad

उनले बालकुमारी घटनामा सरकार गम्भीर र रहेको र छानबिन समिति गठन गरेको बताए । प्रधानमन्त्रीले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आज मात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताए । 

उनले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताए ।

उनले भने – ‘छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ । गृह मन्त्रालयमा छानबिन समितिले बुझाएको छ । आज मैले बुझ्दै छु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । मैले हेर्दै छु। आजै मन्त्रिपरिषद् छ त्यसलाई सरकारले बनाएको छानबिन समितिले छानबिन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’

बालकुमारी घटनाबारे सत्य तथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले बुझाएको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला दोषी देखाइएको छ । इक्त घटनामा दुई युवकको ज्यान गएको थियो।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्