कांग्रेस महामन्त्री थापा र सभापति देउवाबीच गम्भीर मतभिन्नता, देउवासँग फाइनल कुरा गर्दै

आइतबार, फागुन ६, २०८०
honor mob  winter sales

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र  सभापति शेरबहादुर देउवाबीच मतभिन्नता देखिएको छ । महामन्त्री थापाले केन्द्रीय समिति बैठकमा महासमिति बैठकका लागि पेश गरेको प्रतिवेदनप्रति देउवा र उनी निकट पक्षले असन्तुष्टि जनाएसँगै गम्भीर मतभिन्नता देखिएको हो । 

Honor x7 pad

थापाले पेश गरेको सांगठनिक प्रतिवेदनको आत्मा नै मर्ने गरी संशोधन गर्न देउवासँगै उनी निकटका नेताहरुले दवाव दिएसँगै गम्भीर मतभेद देखिएको हो 

विशेषगरी थापाले आफ्नो प्रतिवेदनमा १५ औँ महाधिवेशन २०८२ सालको मंसिरमा गर्ने गरी कार्यतालिका बनाउने र गठबन्धनमा असहमति जनाएको विषयलाई प्राथमिकतामा राखेपछि देउवा पक्ष रुष्ट भएको हो । 

देउवा पक्षले प्रतिवेदनको मर्म नै मर्ने गरी संशोधन गर्न दबाब दिएपछि महामन्त्री थापाले आफूले यति पनि प्रस्तुत गर्न नपाउने हो भने महासमिति बैठकमा महामन्त्रीको प्रतिवेदन पेश नहुन पनि सक्ने जिकिर गरेका छन् । 

अन्य विषयमा कुरा मिल्न सक्ने देखिए पनि महाधिवेशनको कुरा भने देउवालाई चित्त बुझेको छैन । गठबन्धनमा देउवाले अन्तिम दुई वर्ष चुनावी सरकारको नेतृत्व गर्न सक्ने भएकाले त्यसअघि नै महाधिवेशन गर्नु उपयुक्त नहुने देउवा निकट एक नेताले बताएका छन् । 

यही विषय देउवालाई बिझेको छ । गठबन्धन र महाधिवेशन गर्ने बाहेकका विषयमा भने देउवाको कुनै असहमति नभएको पनि बताइन्छ।

शनिबार बानेश्वरमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले यसरी दबाब दिने हो भने महासमिति बैठकमा महामन्त्रीको प्रतिवेदन प्रस्तुत नहुन पनि सक्ने बताएका थिए । 

सोही अनुसार आइतबार बिहान महामन्त्री थापाले सभापति देउवा निवासमा गएर अन्तिम सहमतिको प्रयास गर्दैछन् । उनले देउवासँग फाइनल कुरा गर्ने र सहमति नभए महासमिति बैठकमा महामन्त्रीको प्रतिवेदन पेश नगर्न पनि सक्ने उल्लेख गरेको उनी निकट स्रोत बताउँछ । 

महामन्त्री थापा भने आफू हदैसम्म लचिलो हुन तयार रहेको तर नियमित प्रक्रियाका रुपमा रहेको महाधिवेशन र गठबन्धनका विषयमा पार्टीको धारणा आउनु पर्नेमा छन् । 

छापिएनन् प्रतिवेदन

महामन्त्री थापालाई प्रतिवेदनको आत्मा मर्ने गरी प्रतिवेदन संशोधन गर्न दबाब दिएपछि संशोधित प्रतिवेदन प्रेसमा जान सकेको छैन । 

महामन्त्रीको प्रतिवेदन फाइनल नभएसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक र उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन पनि प्रेसमा जान सकेको छैन । 

सोमबारदेखि ललितपुरको गोदावरीमा महासमिति बैठक बस्दै गर्दा अन्तिम समयमा आएर देउवा पक्षले लफडा झिकेसँगै सोमबार समयमै महासमिति शुरु हुनेमासमेत शंका बढेको छ । हाम्राकुराबाट।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्