राप्तीसोनारीले सञ्चालनमा ल्यायो ‘राप्तीसोनारी ग्रामीण आँखा केन्द्र’

बिहीबार, फागुन ३, २०८०
honor mob  winter sales

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखा उपचारका लागी ‘राप्ती सोनारी ग्रामीण आँखा केन्द्र’ सञ्चालनमा आएको छ । योसँगै अव आँखाको चेकजाँच र उपचारका लागी नेपालगन्ज धाउनुपर्ने स्थानीयबासीको बाध्यता हटेको छ ।

Honor x7 pad

राप्तीसोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र सञ्चालन गर्ने सम्झौता भएसँगै राप्ती सोनारी गाउँपालिका–४ बैजापुरस्थित बैजापुर अस्पतालमा आजदेखि आँखा केन्द्र सञ्चालनमा आएको अस्पतालका प्रमुख डा.राम साहले जानकारी दिए ।

केन्द्रको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन्  । उनले स्वास्थ्य सेवालाई सवैको पहुँचमा केन्द्रीत गर्न आँखा उपचार पनि सुरु गरिएको बताए । अध्यक्ष पौडेलले कुनै पनि नागरिकहरु उपचार अभावमा अन्धोपन हुन नपरोस् भन्नेमा स्थानीय सरकार सचेत रहेको पनि उल्लेख गरे ।

स्वास्थ्य सेवामा स्थानीयको पहुँच बढाउनेगरी पालिकाले स्वास्थ्य सेवालाई विस्तार गर्दै आएको पालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बताइन। पालिकाभित्रै आँखा केन्द्रमा सञ्चालन आएपछि आँखाका बिरामीलाई उपचारका लागी अन्यत्र स्थान धाउनुपर्ने बाध्यता अव हटेको उनको भनाइ छ । यस्तै तिलगङ्गा आँखा प्रतिष्ठानका सर्जिकल इन्चार्ज विमल विसीले नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानले गाउँपालिकासँग मिलेर आगामी पाँच वर्षका लागी उपचार व्यवस्थापनमा सहयोग गर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाका अनुसार एकजना नेत्र सहायक र एकजना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी केन्द्रमा हुनेछन् । पहिलो वर्ष प्रतिष्ठान र पालिकाले कर्मचारीको तलवभत्ता ५०–५० प्रतिशत ब्यहोर्ने सहमति भएको छ । जनताको पहुँचमा पुग्न सक्नेगरी एकीकृत रुपमा आँखा स्वास्थ्य सेवा सञ्चालन गर्ने उद्देश्यका साथ केन्द्र सञ्चालनमा ल्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए।

आँखा केन्द्र पालिकाको स्वास्थ्य शाखाको एकीकृत स्वास्थ्य सेवाको अङ्गको रुपमा रहने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए । सबै जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने, आँखा केन्द्रमा पहिचान भएका मोतिविन्दुका बिरामीको लगत राखी तिलगङ्गा आँखा प्रतिष्ठानसँग समन्वय गरी शल्यक्रिया शिविरमा प्रेषण गर्ने, आँखा स्वास्थ्य कार्यक्रमलाई प्रवर्धन गर्न निरन्तर रुपमा समुदायको सहभागिता र सहकार्यलाई ग्राह्यता दिइने, आँखा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम केन्द्रबाट सञ्चालन गरिने पनि स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।

केन्द्रबाट बिरामीको दृष्टि तथा चश्मा जाँच, विरामीको आँखासम्बन्धी रोगहरुको परीक्षण तथा उपचार, आँखाको सामान्य शल्यक्रिया, सर्वसुलभ मुल्यमा औषधी तथा चश्माको बिक्री वितरण, आँखा रोगसम्बन्धी आकस्मिक सेवा प्रवाह हुनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्