तामाङ समाजले मनायो बेल्जियममा ल्होछार

सोमबार, माघ २९, २०८०
honor mob  winter sales

युरोप । बेल्जियममा बसोवास गर्ने तामाङहरुको संस्था तामाङ समाज–बेल्जियमले २८६० सोनाम ल्होछार डूक ल्हो (मु पुख्री ल्हो) बेल्जियमको पर्यटकीय नगर ब्रुजमा भब्यताका साथ मनाएको छ । 

Honor x7 pad

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जम्वर्ग)का लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले नेपाल साँस्कृतिक कारणले पनि अत्यन्त धनी भएको हुँदा विदेशी भूमिमा नेपाली र जातीय संस्कार तथा संस्कृति संरक्षणका लागि समाजले खेलेको भूमिकाको प्रसंशा गर्दै यस्ता कार्यक्रमहरुले विदेशी भूमिमा नेपाली र नेपालको पहिचान दिने बताए। 

राजदुत राजभण्डारीले बेल्जिमयमा दिनानुदिन बढि रहेको तामाङ समुदायलाई आफ्ना संस्कार र संस्कृति दोश्रो पुस्तालाई पुस्तान्तरण गर्न चुनौती रहेको बताउँदै यस तर्फ पनि आवश्यक पाइला चाल्न सुझाव दिए । 

कार्यक्रममा अतिथिका रुपमा गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपाल र नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमकी उपाध्यक्ष मुना राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। 

संस्थाका अध्यक्ष राम लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरुलाई भाषणको माध्यमबाट स्वागत संस्थाका सचिब महिन्दो वाइवाले गरेका थिए भने संचालन महासचिब चन्द्र ब्लोनले गरेका थिए । 

कार्यक्रममा खाना तथा हल ब्यबस्थापन झोरमान वाईबा,अजय गुरुङ, मेघा तामाङ, ज्योति घिसिङ, महिन्दो वाईबा लगायतले गरेका थिए । कार्यक्रमको शुरुवातीमा लामा गुरु पाल्जोर दोङबाट मोलङ पुजागरी शुभारम्भ गरिएको उक्त कार्यक्रममा स्थानीय ससाना भाईबैनी कमला तामाङ, ईना लामा, प्रतिता बल तामाङ , प्रथम लामा ,प्रवेश लामा, लिलीयम थापा, याना वाईबा, जेनिसा गुरुङ, स्मारिका सुब्बा, दिपशिखा सुब्बा, सुरक्षा आले, ईशु श्रेष्ठ, निविसा कंडेल र शिवजानी आलेले विभिन्न नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए । 

शनिबार सम्पन्न  कार्यक्रममा गायक लाहुरे कान्छा (अर्जुन शाही) र सेलो गायक पद्मा लामाले विभिन्न गीतहरु गाएर कार्यक्रममा उपस्थित सबैलाई भरपुर मनोरंजन प्रदान गरेका थिए ।  

कार्यक्रममा स्थानीय संघ संस्थाका प्रमुख लगायत अन्य सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

बेल्जियममा हुने प्राय जसो कार्यक्रममा उद्घाटन, आसन ग्रहण, माला, खादा र भाषणमा बढि समय दिने गरिएकोमा यो पटक देखि समाजले गरेको छोटो कार्यक्रमको सबैले प्रशंसा गरेका छन् भने अवका दिनहरुमा अरु आयोजकहरुले उद्घाटन शत्रलाई छोटो र मिठो बनाउनु पर्ने सुझाव दिएका छन् । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्