कोशी सरकारमा ४ मन्त्री र २ राज्यमन्त्री थपिए

शुक्रबार, माघ २६, २०८०
honor mob  winter sales

विराटनगर  । कोशी प्रदेश सरकारमा ४ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन् । 

Honor x7 pad

कोशीका मुख्यमन्त्री मुख्यमन्त्री केदार कार्कीले आज स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयमा नारायण बुर्जामगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी रामलाई जिम्मेवारी दिएका छन् । 

उनले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफ्नै जिम्मामा राखेका छन् । नवनियुक्त मन्त्रीहरू सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र राम नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् । 

उनीहरूमध्ये सुनुवार मात्रै कांग्रेस संस्थापन पक्षका हुन् भने अन्य तीन जना कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि विद्रोह गर्ने ८ सांसदमध्येकै हुन् । 

यस्तै माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका हुन् । वरीयतामा मुख्यमन्त्रीपछि प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, शमशेर राई, गणेशप्रसाद उप्रेती, कमलप्रसाद जबेगू, रामकुमार खत्री, नारायणबहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङ (राम) रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्