आज प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै

बुधबार, माघ २४, २०८०
honor mob  winter sales

काठमाडौँ । आज  संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै छ ।प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । 

Honor x7 pad

बैठकमा दलका नेताहरूले संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । 

त्यस्तै बिहान ११ बजेर १ मिनेटमा सुरु हुने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा नियमावली मस्यौदामाथि सामान्य छलफल, संशोधनका लागि ७२ घण्टाको सूचना, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० अध्यादेश  स्वीकृत, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पेश हुनेछ ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्