कोशी सरकारले दक्ष जनशक्ति उत्पादन गरि प्रदेशमै रोजगारी सिर्जना गर्छ: मुख्यमन्त्री कार्की

मंगलबार, माघ २३, २०८०
honor mob  winter sales

सुनसरी  ।  प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  जानकारी दिएका छन् । 

Honor x7 pad

उनले भने,“ सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ । ”

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा स्थित जामिया इस्लामिया मदर्सामा सोमबारदेखि सुरुआत भएको चारदिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था गरेको बताए । 

प्रदेश सरकार दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको र यस्ता जनशक्तिलाई प्रदेशमै रोजगारीको अवस्था सिर्जना गर्नेसमेत उनले दाबी गरे। 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्