नेपाली कांग्रेसको आकस्मिक बैठक

मंगलबार, माघ २३, २०८०
honor mob  winter sales

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा  "समुदायमा कांग्रेस" अभियान रोकिएको छ । 

Honor x7 pad

संविधानसभाका सदस्य, पूर्वमन्त्री, पार्टी केन्द्रीय सदस्य बुढाथोकीको निधनका कारण समुदायमा कांग्रेस अभियान रोकिएको हो। 

यससँगै महामन्त्री गगगकुमार थापाको मेचीकाली संवाद यात्रा पनि रोकिएको छ। यससँगै थापाले थालेको यात्रा जहाँबाट रोकिएको हो पछि त्यहाँबाट नै पुनः यात्रा चालु हुनेछ । 

यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने महामन्त्री थापाले बताएका छन् ।सोही बैठकबाटै अभियान रोकिएको औपचारिक निर्णय गर्ने महामन्त्री थापाले बताए । 

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्