कांग्रेस केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन

मंगलबार, माघ २३, २०८०
honor mob  winter sales

विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशव कुमार बुढाथोकीको निधन भएको छ ।

Honor x7 pad

नेता बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस कोशीले जानकारी दिएको छ।

निमोनियाको समस्याले पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर  भएका  हक्की स्वभावका नेता बुढाथोकीको निधनले पूर्वी नेपाल, खासगरी झापाको भूमिमा उहाँको ठूलो रिक्तता अनुभुती हुनेछ,’ कांग्रेस कोशीले जनाएको छ। 

नेता बुढाथोकी सामान्य प्रशासन मन्त्रीसमेत रहेका  थिए।

नेता बुढाथोकीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुख व्यक्त गर्दै आत्माको चिर शान्तिको कामना गर्दै  शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्