राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते

आइतबार, माघ २१, २०८०
honor mob  winter sales

काठमाडौँ । आगामी फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको चुनाव गर्न प्रस्ताव राखिएको छ ।

Honor x7 pad

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदहरु फागुन २० गते विदाइ हुँदैछन् । राष्ट्रिय सभाको अध्यक्ष पद रिक्त भएको मितिले त्यसको एकसाताभित्र निर्वाचन गर्नेबारे राष्ट्रिय सभाले कार्यतालिका बनाएकाले फागुन २९ गते अध्यक्षको चुनाव गर्न प्रस्ताव गरिएको हो।

स्वीकृत भएको राष्ट्रिय सभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको हो। 

राष्ट्रिय सभामा हालसम्म नेपाली कांग्रेसबाट अध्यक्षमा कृष्णप्रसाद सिटौलाको नाम अगाडि छ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्