आजदेखि धरहरामा नि:शुल्क पार्किङ

आइतबार, माघ १४, २०८०
honor mob  winter sales

काठमाडौं । आजदेखि काठमाडौंस्थित धरहरासँगै रहेको पार्किङ भवनमा नि:शुल्क पार्किङ गर्न पाइने भएको छ। 

Honor x7 pad

काठमाडौं महानगरपलिकाले  पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने जनाएको छ।

महानगरले न्युरोडमा पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् । 

यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको महानगरपलिकाले धरहरामा पनि पार्किङको सुविधा दिएपछि पार्किङमा सहज हुने भएको छ। 

न्युरोडमा सवारी पार्किङ निषेध गरेपछि त्यहाका व्यापारीहरुले सटर बन्द गरेर आन्दोलनमा समेत उत्रिएका थिए।

 

 

 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्