दाङको दंगीशरणमा मतहवाहरुका लागि मुलुकी देवानी संहिता तालिम

शनिबार, माघ १३, २०८०
honor mob  winter sales

प्रमोद आचार्य / दाङ । दाङको दंगीशरण गाउँपालिकामा थारु मतहवाहरुका लागि आयोजना गरीएको दुई दिने मुलुकी देवानी संहिता सम्बन्धि तालिम समापन भएको छ।

Honor x7 pad

प्राचिन सृजनशिल आदिवासी समाज बर्दियाको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहजिकरणमा गाउँपालिका भित्रका मतहवाहरुका लागि दुई दिने मुलुकी देवानी संहिता २०७४ सम्बन्धि तालिमको आज एक कार्यक्रमकाबीच समापन गरिएको हो।

मतहवा संघ दंगीशरणका अध्यक्ष जगतराम चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आथित्यतामा तालिमको समापन गरिएको हो ।

स्थानीय  वडामा रहेको अधिकार सरह मतहवाहरुमा समेत धेरै अधिकार रहेको बताउँदै अध्यक्ष गिरीले कानुनको परीधिभित्र रहेर काम कुरा अगाडि बढाउन आग्रह गरे ।

हरेक गाउँमा न्यायाधीश सरह भुमिकामा रहने मतहवाहरुको भुमिका उल्लेख्य हुने भएकाले पनि मुलुकी देवानी संहिता ऐन २०७४ सम्बन्धि जानकार रहन आग्रह गरेका थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले स्थानीय सरकार जस्तै ग्रास लेवलमा मतहवाहरु रहने भएकाले बुझेर संहितालाइ टेकेर अगाडि बढ्नुपर्ने बताइन्   ।थारुजातीहरु एकै थलोमा बसेकाले र टोल तथा गाउँघरमा निरोपण भएकै कारण सबैभन्दा कम उजुरी पर्ने गरेको उपाध्यक्ष खड्काले भनिन्  ।

दुई दिने तालिममा सहभागी भएका मतहवाहरुलाई अध्यक्ष गिरीले  प्रमाणपत्र वितरण गरेका थिए।

 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्