झापाको मेची पुलबाट सुरु भयो कांग्रेसको 'संवाद यात्रा'

शनिबार, माघ १३, २०८०
honor mob  winter sales

काठमाडौं ।आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस' अभियान सुरु भएको छ। यो अभियान झापाको मेची पुलबाट सुरु भएको छ। यही अभियानकै क्रममा महामन्त्री गगनकुमार थापा यहीबाट हुलाकी मार्गका नागरिकसँग संवाद यात्रामा निस्किएका छन् । 

Honor x7 pad

महामन्त्री थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री एवं राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य कृष्णप्रसाद सिटौला र १४ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी एवं प्रतिनिधि सभा सदस्य प्रदिप पौडेल सहितका नेताहरु झापाको संवाद यात्रामा जोडिएका छन् ।

पार्टीका कार्यकर्ताहरू र स्थानीयको गुनासो र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा थालेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १३ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको हो । महामन्त्री थापाको संवाद यात्राको तालिका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् । 

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । 

संवाद यात्रा माघ २६ गते सकिने महामन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले बताए । ‘स्थानीयका धेरै कुरा सुन्ने, आफूले कम बोल्ने’ नीति नेता थापाले अवलम्बन गर्नेछन् । 

नेताहरु चर्काचर्का भाषण गर्ने तर जनताका बेथा के कस्ता छन् त भन्ने केही जानकारी लिन नखोज्ने भएकाले गर्दा पनि समुदायमा कांग्रेस अन्तर्गत थापाले संवाद यात्रा थाल्ने भएका हुन् । 

वडा वडा तहमै भेला भएको सानो समूहमै रहेर स्थानीयका भित्री पाटो र कांग्रेसको अवस्था गहन रुपमा बुझ्ने अवसर गगनलाई हुनेछ । 

यसले स्थानीयका पीरमर्का र चाहना बुझ्दा भोलिका दिनमा योजना बनाउन सजिलो हुनेछ भने कांग्रेसबारेको अवधारणा बुझ्दा कांग्रेस कहाँनेर अब्बल र सुधार गर्नुपर्ने विषय के छ त भन्नेबारेसमेत बुझ्न सहज हुनेछ । 

गगनले पटक पटक स्थानीयसँग संवाद गर्नुपर्ने जोड पार्टीमा उठाउँदै आएका छन् । सोही अनुसार अन्य नेताहरु पनि गाउँ गाउँमा पुगेर समुदायसँग कांग्रेस हुनुपर्ने आवाज उठिरहेको छ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्