स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा गाउँपालिका बन्यो बाँकेकै उत्कृष्ट

बिहीबार, माघ ११, २०८०
honor mob  winter sales

डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । 

Honor x7 pad

आर्थिक वर्ष २०७९-८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नको सार्वजनिक प्रतिबेदनमा डुडुवा गाउँपालिकाले १०० पूर्णाङ्कमा ९२.२५ प्रतिशत सबै भन्दा अंक ल्याई जिल्लाकै उत्कृष्ट भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार पालिकाले स्वमुल्यांकनको कार्यविधि अनुरुप प्रवाह गर्ने सेवा तथा कार्यसम्पादनलाई प्रमाणका आधारमा मूल्यांकन गरेको हो । 

डुडुवा गाउँपालिकाले शासकीय प्रवन्धमा ८.५ अंक, संगठन तथा प्रशासनमा ७.५ अंक, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अंक, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्रवाहमा १५.५ अंक, न्यायिक कार्य सम्पादनमा ७ अंक, भौतिक पूर्वाधारमा ६.५ अंक, सामाजिक समावेशीकरणमा ८.७५ अंक, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७ अंक र सहकार्य र समन्वयमा ३ अंक ल्याएको लिजाको वेभसाइटमा उल्लेख गरिएको छ । 

स्थानीय तहका १० वटा विषयगत क्षेत्रलाई पालिकाले विभिन्न ऐन, कानून, कार्यविधि, निर्णय प्रक्रिया लगायतका कागजातहरुको प्रमाणका आधारमा एक सय वटा सूचकलाई विशलेषण गरी अंक निर्धारण गर्ने गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय महाशाखाका शाखा अधिकृत चिरञ्जवी नेपालले बताए । 

यस्तै कोहलपुर नगरपालिकाले ८७.७५ प्रतिशत, जानकी गाउँपालिकाले ८१.२५ प्रतिशत, खजुरा गाउँपालिकाले ८० प्रतिशत, बैजनाथ गाउँपालिका ७५.२५ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाले ७४.७५ प्रतिशत, नरैनापुर गाउँपालिकाले ७० प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकाले ६७.५ प्रतिशत अंक ल्याएका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्