एमालेले प्रधानमन्त्रीलाई बुझायो ७५१ बुँदे माग

मंगलबार, माघ ९, २०८०
honor २२ sept

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।  

X7D

आज बिहान बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै एमालेले गत मङ्सिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुला घाटबाट ताप्लेजुङको चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका माग एकीकृत गरी सरकारसमक्ष ध्यानाकर्षण पत्र प्रस्तुत गरेको थियो ।

भेटमा  ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री दाहालले मध्य पहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै उक्त अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए । 

उनले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षण पत्र मध्य पहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिविद्धतासमेत व्यक्त गरे ।

सो अवसरमा पूर्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्य पहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षा र सम्भावना बुझ्न महत्त्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षण पत्र सम्बोधनमा सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गरे । 

 

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्