राष्ट्रिय सभा चुनाव: आज मध्यरातदेखि मौन अवधि

सोमबार, माघ ८, २०८०
honor mob  winter sales

काठमाडौँ ।राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगले राष्ट्रिय सभाको १९ सदस्यका लागि यही माघ ११ गते हुने निर्वाचन अन्तर्गत आज राति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि कायम गरेको छ ।

Honor x7 pad

यसलाई मौन अवधि पनि भनिन्छ । प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने भएकाले सोबमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरेका छन् । 

राष्ट्रिय सभाका १९ सदस्यको पद आगामी फागुन २१ गतेदेखि सकिँदैछ । कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गरिनुपर्ने कानूनी व्यवस्था रहेको छ ।सरकारको सिफारिसमा राष्ट्रपतिले चयन गर्ने एक सदस्य भने पछि तोकिने छन् ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्