Dashain Banner
Dashain Banner

कांग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष जोशीको निधन

बिहीबार, माघ ४, २०८०

बाजुरा। नेपाली कांग्रेसबाट निर्वाचित भएकी बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ।

गाउँपालिका उपाध्यक्ष जोशीको आज बिहान निधन भएको गाउँपालिकाका  अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिएका छन् ।  उपाध्यक्ष जोशीको ५२ वर्षको उमेरमा आफ्नै घरमा बिहान ४ बजे  निधन भएको हो।

क्यान्सरबाट पीडित उपाध्यक्ष जोशी ललितपुरस्थित किष्ट अस्पतालमा उपचार गराएर उनलाई घर लगिएको थियो। 

गत स्थानीय तह निर्वाचन  कांग्रेसबाट निर्वाचित  उपाध्यक्ष जोशीको निधनप्रति नेपाली कांग्रेस गहिरो शोक प्रकट गरेको छ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्