एनआरएनएद्वारा ब्लड मोबाइल बस हस्तान्तरण

बिहीबार, माघ ४, २०८०
Honor 600 pro

विराटनगर । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले  सुनसरी जिल्ला शाखाद्धारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरेको छ । 

७० लाख रुपैयाको लागतमा खरिद गरिएको सो बसलाई संघका अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गरेका हुन्  ।

बुधबार गरिएको बस हस्तान्तरण कार्यक्रममा पूर्व सांसद मीना सुव्वा, प्रदेश सांसद रामप्रसाद मेहता, यशोदा कायस्थ, भिम पराजुली, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, रेडक्रस सोसाईटीका उपमहामन्त्री  मनोज कुमार थापा, नेपाली कांग्रेसका नेता राजीव कोइराला लगायत संघका केन्द्रीय पदाधिकारीहरु, प्रदेश सांसद, राजनीतिक दलहरुका प्रतिनिधिहरु, धरान उपमहानगरपाललिकाका जनप्रतिनिधिहरु, सरकारी तथा गैर सरकारी निकायका प्रमुखहरु तथा सुरक्षा निकायका प्रमुखको विषेश उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्