राष्ट्रिय सभा चुनाव: मंगलबारदेखि आचारसंहिता लागू हुँदै

आइतबार, पुस २९, २०८०
honor mob  winter sales

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ। आउँदो माघ २ (मंगलबार)  देखि १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्मका निम्ति लागू हुने गरी आचारसंहिता जारी गरिएको हो।

Honor x7 pad

सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क१) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागू गरिएको आइतबार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष–विपक्षमा हुने गरी प्रयोग गर्न–गराउन पाइने छैन। निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्न–गराउन नहुने आयोगले जनाएको छ।

यस्तै, कुनै सरकारी वा अर्धसरकारी निकाय र सार्वजनिक संस्था वा विश्वविद्यालय–विद्यालय–महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न–गराउन पाइने छैन ।

राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्न अंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्नरगराउन नहुने आयोगले जनाएको छ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्