सकियो दंगीशरणमा लागेको दुई दिने मघौटा म्याला

आइतबार, पुस २९, २०८०
honor mob  winter sales

दाङ । दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित  मघाैटा म्याला २०८० औपचारिक कार्यक्रमका विच समापन गरियको छ । "थारु भाषा कला , संस्कृति दंगीशरणक पहिचान, मघाैटा संस्कृति बचैना हमार अभियान" भन्ने मुल नाराका साथ शुक्रबार उद्घाटन गरीएको मघाैटा म्यालाकाे एक औपचारिक कार्यक्रमकाविच शनिबार  समापन गरिएको हो ।

Honor x7 pad

मघौटा मेलाको दोस्रो दिन समापन कार्यक्रमका अवसरमा बोल्दै निवर्तमान  लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरीले आफू  जनप्रतिनिधि भएका वेला पश्चिम दाङ त्यसमा पनि दंगीशरण गाउँपालिका हरेक वडाहरुमा भुयारथान निर्माणका लागी होस या, बिभिन्न मन्दिर निर्माण तथा धर्म संस्कृतीको संरक्षण तथा सम्बर्द्धनका  लागी महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

गाउँपालिका अध्यक्ष शम्भु गिरीले थारु संस्कृती र परम्परा बचाउन आफू निर्वाचित भए देखीनै माघी महोत्सव आयोजना गरिएको बताए ।दाङमा औलो लाग्ने वेला पनि औलो जस्तो रोगलाइ जितेर बसेको थारु जातीको आफ्नै गर्विलो इतिहास रहेको बताउँदै अध्यक्ष गिरीले पाछिल्लो समय थारु जातीमा सिकलसेल एनेमिया भन्ने रोग देखियकाले पनि सिकलसेल एनेमियाको रोकथाम तथा रोग पत्ता लगाउन आफुले ५ लाख बजेट बिनियोजन गरेको बताए ।

थारु जातीका मतहवाहरुलाई बैठक बसी हरेक गाउँमा एउटै नितिनियम लागू  गराउन पनि मतहवाहरुको लागि बैठक संचालन गर्न समेत बजेट बिनियोजन गरेको बताए ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले संस्कृती र संस्कारको संरक्षणका लागी युवा पुस्तामा हस्तान्तरण आवश्यक रहेको बताइन । दंगीशरण आफैमा थारु राजाले राज्य गरेको ठाउँ रहेकाले पनि आफूहरुले हरेक बर्षमा माघी महोत्सव आयोजना गरेको बताइन ।

त्यस्तै वक्ताहरुले संस्कृतिका नाममा गरिने अनावश्यक खानपीनलाई सन्तुलनमा राख्न आवश्यक रहेकाे बताएका थिए । संस्कृतिका नाममा म्याला र महाेत्सव मात्र नभई थारु जातिकाे पहिचान लिपिवद्द गर्नुपर्ने कुरामा जाेड दिएका थिए । 

साे अवसरमा नेपाली कांग्रेसका नेता केशव आचार्य , नेत्रज्योती संघ दाङका अध्यक्ष कृष्ण गिरी लगायतले आ -आफ्नो भनाइ राखेका थिए ।

माघी म्यालाकाे ७ वटै वडाका प्रतीयोगी प्रस्तुतीहरु प्रस्तुत गरिएको थियाे । महोत्सवमा थारु नृत्यहरु ढोलाहा नाच,कठ्घोरी नाच,लठवा नाच,सोरठी नाच,गोर्या नाच ,थारु हस्तकलासँगै थारु परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी लगायतका विभिन्न परिकारहरु तथा स्थानिय कलाकारको प्रस्तुती तथा थारु केन्द्रीय कलाकार पार्वती चौधरीले आफ्नो  प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन।

दुई दिनसम्म चलेको दंगीशरण मघौटा म्यालामा प्रतियोगितात्मक रुपमा प्रतीयोगी नृत्यहरु समेत प्रस्तुत भएका थिए । सात वटा वडाका ७३ वटा नृत्यहरु दर्ता भएकोमा छोक्रानाच अन्तर्गत रावतगाउँ दक्षिण टोल प्रथम,बैबाङ कुरेवा टोल दितिय,र सुकदेवा तृत्य भएका थिए । सख्यानाच अन्तर्गत रावतगाउँ माझक टोल प्रथम ,हेकुली दोस्रो र  सुकदेवा तृतिय भएका हुन्  ।  लौव नाच अन्तर्गत  हेकुली प्रथम,बागर दोस्रो र सुकदेवा तृतीय भएका थिए ।यस्तै झुम्रा नाच तर्फ सलौरा प्रथम, हेकुलीले दोस्रो र सुकदेवा तेस्रो भएको हो ।

पुस २७ देखि सुरु भएको मघौटा म्यालाको उद्घाटन क्षेत्र नं.३  का सांसद एवं पूर्व सिंचाइ  मन्त्री दीपक गिरीले थारु चलन अनुसार निस्राउ उठाएर गरेका थिए । माघी महोत्सवको सहजिकरण गाउँपालिकाका जिन्सी  सहायक मस्तविर चौधरीले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्