कति रुपैयाँसम्म खर्च गर्न पाउँछन् राष्ट्रिय सभाका उम्मेदवारले?

आइतबार, पुस २९, २०८०
honor mob  winter sales

काठमाडौं । आगामी माघ ११ गते  १९ सिटका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचन आयोगले सबै उम्मेदवारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिसकेको छ। 

Honor x7 pad

आयोगले राष्ट्रिय सभाका उम्मेदवारको चुनावी खर्च निर्धारण गर्दै उम्मेदवारले ३  लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने जानकारी दिएको छ।

आयोगका अनुसार उम्मेदवारहरुले  मतदाता नामावली खरिद, प्रचार सामाग्री, सवारी साधान र त्यसमा लाग्ने इन्धन,  प्रचार प्रसार कार्यालय सञ्चालन लगागत अन्तरक्रिया लगायत कुल ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारले गर्ने खर्च सबै बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने र चुनाव सम्पन्न भएको ३० दिनभित्रै आयोगमा खर्च विवरण बुझाउनु पर्ने छ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्