आज तीन संसदीय समितिको बैठक

आइतबार, पुस २९, २०८०
honor mob  winter sales

काठमाडौँ । आज बिहान ३ संसदीय समितिको बैठक बस्दै छ । जसले विभिन्न विषयमा छलफल गर्नेछ।

Honor x7 pad

आज बिहान साढे ११ बजे  कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । उक्त बैठकले  गुठी पीडित मोही किसानहरूको समस्या र गुठी सम्बन्धी कानुन लगायतका विषयमा छलफल गर्ने भएको छ।

अर्को त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको साढे ११ बजे नै बस्ने बैठकले विभिन्न विद्यार्थी सङ्गठनहरूसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्नेछ । 

यसैगरी आज बिहान ११ बजे बस्ने अर्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले राष्ट्रिय सम्पदा क्षेत्रको विद्यमान अवस्था र संरक्षण संवर्द्धनमा सामुदायिक वन उपभोक्ता महासंघको भूमिकाका बारेमा  छलफल गर्ने भएको हो।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्