Dashain Banner
Dashain Banner

दाङको दंगीशरणमा माघ म्याला...

शनिबार, पुस २८, २०८०

दाङ । दाङको दंगीशरण गाउँपालिकामा थारु समुदायको महान पर्व मघौटा म्याला २०८० सुरु भएको छ। 

थारु भाषा कला व संस्कृति दंगीशरणको पहिचान, मघौटा संस्कृति बचैना हमार अभियान भन्ने मुल नाराका साथ शुक्रबारदेखि सुरु भएको मघौटा म्यालाको उद्घाटन क्षेत्र नं .३ का सांसद एवं पूर्व सिंचाइमन्त्री दीपक गिरीले थारु चलन अनुसार निस्राउ उठाएर म्यालाको उद्घाटन गरेका थिए ।

सांसद गिरीले पश्चिमी मुलुकको नक्कल नगरी आफनो रहनसहनमा रमाउने जातियको रुपमा स्थापित भएको थारु समुदायको उत्थानका लागि लागिपर्ने बताए । आफु जनप्रतिनिधि भइसकेपछि हरेक जनतालाई समान तिरकाले हेर्ने गरेको भन्दै सधैं हरेक जनताको आवाजलाइ संसदमा बोल्ने बताए ।

जनताहरुको अभिमतको कदर गरेर पश्चिम क्षेत्रको विकासका लागि सधैं अगाडि बढ्ने भन्दै जनताका समस्या सधैँ उठान गर्ने बताए । सांसद गिरिले दंगीशरण राजा सुकौराकोटको उत्खनन् र संरक्षणका लागि एक करोड वजेट विनियोजन गरेको जानकारी दिए ।

संस्कृतिका नाममा गरिने अनावश्यक खानपिनलाइ सन्तुलनमा राख्न आवश्यक रहेको अन्य वक्ताहरुले बताएका थिए । सांस्कृतिक नाममा म्याला र महोत्सव मात्र नभइ थारु जातिको पहिचान लिपिवद्द गर्नुपर्ने कुरामा उनीहरुले जोड दिएका थिए ।

सो अवसरमा पूर्व सांसद धमकली चौधरी, जिल्ला समन्वय समितिका सदस्य टोप बहादुर चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, गाउँपालिका प्रवक्ता रमेश भण्डारी , वडा नं.६ का वडा अध्यक्ष रोशन जंग शाह, २ नम्बरका वडा अध्यक्ष डम्बर खत्री, ४ का वडा अध्यक्ष कमल थारु, ५ का वडा अध्यक्ष निरज बस्नेत, थारु संस्कृतिकर्मि एकराज चौधरी, थारु कल्याणकारीणि सभाका चुर्ण बहादुर चौधरी, नेकपा एमालेका लिख बहादुर चौधरी, कांग्रेस सभापति गिरिराज न्योपाने, नेकपा माओबादीका अध्यक्ष मनिराम चौधरी लगाएतले माघ पर्वको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

माघ म्यालाको पहिलो दिन बैबाङको हुर्डुङ्ग्या, कटघोरी नाच, चखौराको हुर्डुङ्ग्या नाच, पर्सडुवाको मघौटा नाच, हेकुलिको सख्या पैँया,मघौटा नाच, मौलिको मघौटा नाच, सम्टेनिको छोक्रा नाच, सुकौराको मघौटा नाच, सरुवाडाडा, सिम्ठाना, पोटली, गोलटाकुरीको मघौटा नाच, रावतगाउँ गुरि नाच, रहरपुरको महोट्या नाच गरि विभिन्न थारु नाँच प्रस्तुत  गरिएको थियो । म्याला आजसम्म संचालन हुनेछ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्