सहमति नभएपछि नागरिक उन्मुक्तिमा दुई जना महासचिव निर्वाचित घोषणा

शनिबार, पुस २८, २०८०
honor mob  winter sales

धनगढी । नागरिक उन्मुक्ति पार्टीले दुई जनालाई महासचिवमा सर्वसम्मत घोषणा गरेको छ।

Honor x7 pad

टीकापुरमा जारी नागरिक उन्मुक्तिको पहिलो महाधिवेशनले पार्टीको विधान संशोधन गरेर दुई जना महासचिव राख्ने व्यवस्था गर्ने सहमति गर्दै महासचिवमा कैलालीका गंगाराम थारु र लुम्बिनीका धर्मबहादुर चौधरीलाई निर्वाचित भएका हुन् ।

उनीहरुले निर्वाचित भएको प्रमाणपत्रसमेत पाइसकेका छन् ।

योसँगै अध्यक्षसहितका २७ जना पदाधिकारी र २४५ केन्द्रीय सदस्य सर्वसम्मत चयन भएका छन्। निर्वाचन समितिले उनीहरुलाई गएराति प्रमाणपत्र वितरण गरिसकेको छ ।

उपाध्यक्षमा अन्य ५ प्रदेशमा सर्वसम्मत निर्वाचित भएपनि बागमति र लुम्बिनी प्रदेशमा सहमति हुन नसक्दा महाधिवेशन लम्बिएको छ । दुवै प्रदेशमा सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्